बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु-Sutra News

बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

लागोस- नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।



सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।

उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।

यस घटनाको अनुसन्धान सुरु भएको अरुवानले बताए । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट