भारतमा कोरोना संक्रमितको संख्या घट्यो-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ ।



विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ

भारतमा गत २४ घण्टामा कोरोनाका कारण १५५ जनाको मृत्यु भएपछि भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ३३९ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट