चीनमा कोरोनाका नयाँ संक्रमितहरू भेटिने क्रम जारी-Sutra News

चीनमा कोरोनाका नयाँ संक्रमितहरू भेटिने क्रम जारी

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

चीन- चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित देखिएका हुन् ।



तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ संक्रमित भेटिएका र तीमध्ये ६५ जना चीन भित्रैका नागरिकमा पाइएको हो ।

स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

शनिबार भेटिएका स्वदेशी संक्रमितमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ । चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ संक्रमित भेटिन थालेका बताइएको छ ।

सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट