नेपालमा कोरोना ग्राफः आज थपिए २७० संक्रमित, ७ जनाको मृत्यु-Sutra News

नेपालमा कोरोना ग्राफः आज थपिए २७० संक्रमित, ७ जनाको मृत्यु

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट