प्रचण्ड-नेपाल पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटायो, अब के गर्लान ओली ?-Sutra News

प्रचण्ड-नेपाल पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटायो, अब के गर्लान ओली ?

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

काठमाडौं- नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।



पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

बैठकपछि सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताए ।

प्रधानमन्त्रीले संसद् विघटन गरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थायी कमिटी सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट