काठमाडौं- स्पेनिस ला लिगामा गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक/एक गोल गरेका थिए ।
रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका मेसी भने यस खेलमा थिएनन् । जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाको १९ खेलमा ३७ अंक भएको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको १८ खेलमा ४७ अंक रहेको छ ।
त्यस्तै एल्चेको भने १८ खेलमा १७ अंक रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ ।