फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने-Sutra News

फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

राजविराज- स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ ।



भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताए । 

प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए ।

सप्तरीका पुराना भारत्तोलन खेलाडी एवम् रेफ्री राजविराज-९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवम् सम्मानमा नेपाल भारत्तोलन संघ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट