काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधव नेपालप्रति कडा शब्दमा टिप्पणी गरेका छन् । सोमबार फेसबुकमार्फत थापाले नेपाललाई दरबारमा बिन्तिपत्र चढाएको भन्दै त्यसकै पुनरावृत्ति अहिले पनि भएको आरोप लगाएका हुन् ।
पार्टी एक हुँदा तेस्रो अध्यक्ष पद अस्वीकार गरेको भन्दै माधव नेपाललाई तेल दिँदा नखाएको तर कोल चाट्ने काम गरेको आरोप लगाए ।
हिजो निर्वाचन आयोगले नेकपाका मागदाबी अमान्य बताउँदै माधव नेपालको अध्यक्ष पद अवैधानिक भएको बताएको थियो । त्यसैप्रति लक्ष्य गर्दै थापाले भने, ‘ कार्की बैंक्वेटमा प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध अध्यक्ष पद घोषणा ।
साथै उनले मजाक भन्दै तल लेखेका छन्– उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ ? प्रधानमन्त्रीका सल्लाहकारको माधव नेपाललाई कटाक्षः तेल दिँदा नखाने, कोल चाट्ने ?