काठमाडौं- नेकपा पुष्पकमल दाहाल (प्रचण्ड–नेपाल) पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रमहरुमा २०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले जानकारी दिइन् ।
त्यसैगरी, माघ १६ गते शहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ भने देशभर विभिन्न विरोध सभा र आन्दोलनको घोषणा गरिएको छ ।
माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत् जनसभा हुने र ति सभाहरुमा पार्टी अध्यक्षद्वय तथा वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमहरुको निरन्तरता दिने, समाजका विभिन्न तह र तप्काका मानिसहरुसँग अन्र्तक्रिया आयोजना गरिने भएको छ ।
्माघ २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते देशव्यापी मशाल जुलुश तथा माघ २८ गते काठमाडौंमा बृहत् विरोध प्रदर्शन तथा सभा हुने केन्द्रीय संघर्ष समिति सहसंयोजक भुसालले बताइन् ।