चितवनमा मतदाता अद्यावधिक सुरु-Sutra News

चितवनमा मतदाता अद्यावधिक सुरु

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

चितवन- सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको छ ।



कार्यालयले आज यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा अद्यावधिकको काम सुरु भएको जनाएको छ ।

मतदाता नामावली अद्यावधिक गर्न सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए ।

उनका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ जनाको नाम दर्ता भएको छ ।

ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ ।

विसं २०७४ को मतदाताको संख्यामा अहिले १४ हजार ७१४ जना मतदाता थपिएको छ । सो निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता थिए । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक छ । अध्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटी भएको सच्याइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट