काठमाडौं- प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो ।
मानवअधिकार तथा शान्ति समाजले केपी अोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध,प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।