काठमाडौं- नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारविरुद्ध भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं.२ का नेता/ कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
पार्टीभित्र पद र कुर्चीको हानाथाप भएको नभई पार्टीलाई बिचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत बिचारविरुद्धको भएको बताए ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा भंग हुने आधार नभएको बताउँदै ओलीको चुनाव गराउने इच्छा नभएको बताए । साथै ओलीले संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको जिकिर गरे ।
वरिष्ठ नेता झलनाथ खनालले विगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताए । समाजवादी बाटो छोडेर भद्दा किसिमको पूँजीवाद, उदारबाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको भनाइ छ ।