सोमबार थपिए ३३९ कोरोना संक्रमित-Sutra News

सोमबार थपिए ३३९ कोरोना संक्रमित

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट