नागरिक समाजको प्रदर्शनमा पानीका फोहरा र लाठीचार्ज, दर्जनौं अभियान्ता घाइते-Sutra News

नागरिक समाजको प्रदर्शनमा पानीका फोहरा र लाठीचार्ज, दर्जनौं अभियान्ता घाइते

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा नागरिकमाथि प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा सोमबार भएको नागरिक समाजको प्रदर्शनमा प्रहरीले पानीका फोहरा र लाठीचार्ज गरेको हो ।



बृहत् नागरिक समाजको आन्दोलनमा सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो । लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौं नागरिक समाजका अभियान्ता घाइते भएका छन् ।

प्रहरी धरपकडाक क्रममा फोटोपत्रकार नरेश श्रेष्ठ पनि घाइते भएका छन् । त्यस्तै निर्घ, संघर्ष र स्वर्णिम सख्त घाइते भएका छन् । निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । भने संघर्ष र स्वर्णिमको मोडल अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ र थारुको हिमाल अस्पतालमा उपचार भइरहेको छ ।

अभियान्ताहरू कमलपोखरी हुँदै बालुवाटार पुगेका थिए । भाटभटेनी पुगेर बृहत् नागरिक समाजका अभियन्ताहरूले कोणसभा गरेपछि सुरक्षा घेरा तोडेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारको गैरसंवैधानिक कदमविरुद्ध डा. गोविन्द केसी, खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, राजन मुकारुङ, मोहना अन्सारी, दयाहाङ राईलगायत नागरिक समाजका अगुवाहरूले अगुवाइ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट