जिल्ला-जिल्लामा पुग्यो कोभिडविरुद्धको खोप-Sutra News

जिल्ला-जिल्लामा पुग्यो कोभिडविरुद्धको खोप

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

स्याङ्जा- कोभिड-१९ विरुद्धको खोप यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । 



भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्ला-जिल्लामा पठाउन सुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप आज प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गरे ।

सरकारले जिल्लाका लागि पठाएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए ।

गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ पठाएको छ ।

निर्देशनालयले दिएको जानकारीअनुसार बागलुङ, कास्की स्याङ्जा, पर्वत, म्याग्दीलगायत जिल्लामा आज नै खोप पुगेको छ । प्रजिअलाई बुझाइएको खोप स्वास्थ्य कार्यालयले सुरक्षित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट