नागरिक आन्दोलनमा दमनप्रति प्रचण्ड-नेपाल समूहको भर्त्सना-Sutra News

नागरिक आन्दोलनमा दमनप्रति प्रचण्ड-नेपाल समूहको भर्त्सना

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहले बालुवाटार मार्चका क्रममा सहभागीहरुलाई सरकारले लाठ्ठीचार्ज गरी दमन गरेकामा भर्त्सना गरेको छ ।



लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नागरिक समाजको ऐतिहासिक भूमिका रहेको रहेको उल्लेख गर्दै नागरिक समाजका तिनै अगुवाहरुले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सडकमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक र निरंकुश चरित्र उदाङ्गो भएको नेकपाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

नेकपा प्रचण्ड-नेपाल समूहले सरकारी दमनलाई चुनौती दिँदै नागरिक आन्दोलनले सञ्चालन गरेको संघर्षप्रति उच्च सम्मान प्रकट गर्दै प्रहरी दमनबाट घाइते भएकाहरुले शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

समूहले प्रतिनिधिसभा विघटनबिरुद्ध एकताबद्ध भएका आन्दोलन गर्न दलहरु, नागरिक समाज र जनसमुदायसँग अपिल पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट