काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीतन्त्रको आखिरी दिन आएको हो ? भन्दै प्रश्न गरेका छन् । सोमबार सरकारले बालुवाटारमा नागरिक आन्दोलनमाथि पानीको फोहोरा र लाठीचार्जका विषयमा बाेल्दै डा.भट्टराईले सो प्रश्न गरेका हुन् ।
डा.भट्टराईले ‘विहान ‘कम्युनिष्ट’ ओलीद्वारा पशुपतिमा सवा लाख बत्ती प्रज्वलन र दिउँसो नागरिक आन्दोलनकारीमाथि यो नृशंश प्रहरी दमन !’ भन्दै सामाजिक सञ्जालमार्फत् ओलीलाई कडा शब्दमा भनेका छन्, ‘भनिन्छ- कतिपय नास्तिकहरू पनि आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जान्छन् ! के ओलीतन्त्रको आखिरी दिन आएको हो ?’
डा.भट्टराईले पशुपतिनाथले ओलीतन्त्रको रक्षा गर्लान् ? भन्दै अर्कोे प्रश्न पनि गरेका छन् ।