काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नागरिक आन्दोलनप्रति सरकारले
गरेको दमनको विरोध गरेका छन् ।
सरकारको उक्त गतिविधिको चौतर्फी आलोचना भइरहेका नेता कोइरालाले ‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिर्पूर्ण प्रदर्शन रहेका नागरिक समाजमाथि वर्वरताको निन्दा र भत्सर्ना जति गरे पनि पुग्दैन’ भनेका छन् ।
साथै उनले ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोषको आत्मालोचनाबाट नै ।’ बताएका छन् ।
नेता कोइरालाले सरकारले नागरिक समाजसँग क्षमा माग्नुपर्ने बताएका छन् । उनले भने, ‘सरकार, नागरिक समाजसँग क्षमा माग ।’