सहिद धर्मभक्त माथेमालाई श्रद्धाञ्जली अर्पण-Sutra News

सहिद धर्मभक्त माथेमालाई श्रद्धाञ्जली अर्पण

मंगलबार, १३ माघ २०७७

मंगलबार, १३ माघ २०७७

काठमाडौं- राणा शासनविरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । शहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो ।



काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतले सहिद माथेमा शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् । राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा वि.सं १९६६ असोज ९ गते काठमाडौंको ओमबहालमा जन्मिएका थिए ।

जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यका साथ वि.सं १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट वि.सं १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिइएको थियो ।

सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट