काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका छन् । संसद् विघटनको घोषणापछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमाथि उनले व्यंग्य गरेका हुन् ।
संसद् विघटन गरेपछि ओलीले मन्त्रिपरिषद्मा वन खानेहरुलाई नै मन्त्री बनाएको आरोप थापाले लगाए ।
उनले भने, ‘जसले वन खान्छ, उसैलाई वनमन्त्री !’
प्रधानमन्त्री ओलीले प्रेम आलेलाई वनमन्त्री बनाएका छन् । उनी माथि वन तस्करीको अरोप छ ।