हरेक तानाशाहले आफ्नो अन्तिम समयमा यसरी नै बरबराउने गर्छन् : रामचन्द्र पौडेल-Sutra News

हरेक तानाशाहले आफ्नो अन्तिम समयमा यसरी नै बरबराउने गर्छन् : रामचन्द्र पौडेल

मंगलबार, १३ माघ २०७७

मंगलबार, १३ माघ २०७७
फाइल फोटो

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमनलाई कडा शब्दमा आलोचना गरेका छन् ।



नेता पौडेलले प्रधानमन्त्री ओलीलाई इंगित गर्दै प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समय आएपछि बरबराउने गरेको टिप्पणी गरे ।

पौडेलले मंगलबार सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।’

उनले सबै प्रतिगामी शासक र तानाशाह ओलीले आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरेको टिप्पाणी गरे । पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने बताएका छन् ।

सोमबार संसद विघटनविरुद्ध बालुवाटार नजिकै बृहत नागरिक आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई देखाएर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गर्दै सडक आन्दोलन गर्दै आएको छ । साथै अन्य राजनीतिक दल र नागरिक समाज पनि निरन्तर आन्दोलित छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट