मंगलबार थपिए ३०३ कोरोना संक्रमित-Sutra News

मंगलबार थपिए ३०३ कोरोना संक्रमित

मंगलबार, १३ माघ २०७७

मंगलबार, १३ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा चार हजार ५७४ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यसैगरी २८५ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ ।

त्यसैगरी विगत २४ घण्टामा थप ६ जना संक्रमितको निधन भएको छ । योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या दुई हजार १७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३ हजार २५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट