काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले साे निर्णय गरेको हो ।
आजै बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारविरूद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको थियो । बैठकले माघ १९ गते देभभर भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
यस्तै २४ गते शुभेच्छुक संस्थाले र ३० गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।