नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु-Sutra News

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु

बुधबार, १४ माघ २०७७

बुधबार, १४ माघ २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षमा नेपालमा यसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार प्रधानमन्त्री केपी ओलीले नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेका हुन् ।



प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअल रुपमा खोप अभियानको सुरुवात गरेका हुन् । भारतबाट ल्याइएको १० लाख खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकबाट लगाउन सुरु गरिएको हो ।

७७ वटै जिल्लामा १२० वटा खोप केन्द्रमा एकैपटक अभियान सुरु भएको हो । भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप चार लाखभन्दा बढीलाई लगाउन पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट