सरकारले किनेरै भए पनि निःशुल्क कोरोनाको खोप उपलब्ध गराउँछ: प्रधानमन्त्री ओली-Sutra News

सरकारले किनेरै भए पनि निःशुल्क कोरोनाको खोप उपलब्ध गराउँछ: प्रधानमन्त्री ओली

बुधबार, १४ माघ २०७७

बुधबार, १४ माघ २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कोभिड-१९ को खोप तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई लगाउने गरी सरकार अघि बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड-१९विरुद्ध थप खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।



यस्तो खोप सरकारले किनेरै भए पनि निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता उनले गरेका हुन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भारतसहित अन्य मित्रराष्ट्र र संघ संस्थामार्फत् खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं । यसका निम्ति भारत सरकार, प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद । आफूले सुरु गरेको हप्तादिनभित्रै हामीले पनि सुरु गर्न सक्ने गरी १० लाख डोज खोप दिनुभयो ।’

प्रधानमन्त्री ओलीले थप भने,‘हामी अरु मित्रराष्ट र संघ संस्थासँग पनि खोप ल्याउन प्रयास गरेका छौं । भारतसरकारसँग उचित मूल्यमा थप भ्याक्सिन खरिद गर्ने कुरा गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट