काठमाडौं- भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) नेपालमा आज बुधबारबाट देशभर लगाउन सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भ गरे । जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराएका थिए ।
विभिन्न जिल्लामा खोप पुर्याइएको जानकारी सरकारले गराएको छ ।