काठमाडौं- बझाङको छबीस पाथीभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहका हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर प्रदर्शनकारीहरुले हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै, नाराजुलुससँगै सदरमुकामभित्र चल्ने यातायातका साधन पनि बन्द गराएका छन् ।
मंगलबार दिउँसो बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ साढे ७ बजेतिर खुँडा प्रहार गरेका थिए ।