विश्वभरी कोरोना संक्रमितको संख्या दश करोड नाघ्यो-Sutra News

विश्वभरी कोरोना संक्रमितको संख्या दश करोड नाघ्यो

बुधबार, १४ माघ २०७७

बुधबार, १४ माघ २०७७

वासिङ्टन– विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड–१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति संक्रमित भएका छन् । यस संक्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।



यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले भाइरसविरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले बताएका छन् ।

अमेरिकाले थप २० करोड डोज भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताएका छन् । भाइरसको कारण बेलायतमा पनि एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।

विश्वभरी कोरोना भाइरस संक्रमणबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट