काठमाडौं- नेपालमा कोराना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । आज बुधबार पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा चार हजार ३८२ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी विगत २४ घण्टामा २४६ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २८६ मात्र छ ।
संक्रमितमध्ये २३ जनाको भेन्टिलेटर र १३९ जनाको आइसियूमा उपचार भइरहेको डा. गौतमले बताए ।
आजदेखि सरकारले खोप अभियान पनि सुरु गरेको छ । तीन महिनाभित्र सबै मानिसहरूलाई निःशुल्क रूपमा खोप उपलब्ध गराउने सरकारले जनाएको छ ।
भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।
कोरोना खोप लगाएकाहरूले सुरक्षित अनुभूति गर्दै ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन् ।