भोजपुरमा एक हजार बढीलाई कोभिडविरुद्धको खोप लगाइने-Sutra News

भोजपुरमा एक हजार बढीलाई कोभिडविरुद्धको खोप लगाइने

बुधबार, १४ माघ २०७७

बुधबार, १४ माघ २०७७

भोजपुर- भोजपुरमा एक हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । आजबाट सुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा एक हजार ३३५ लाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी सुरेन्द्र भण्डारीले जानकारी दिए ।



अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायत गरी १२८ जनालाई खोप लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसँगै मात्रा पूरा हुने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पताल भोजपुरका डा.पवित्रा श्रेष्ठलाई खोप कार्ड हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । यो अभियान माघ २३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट