काठमाडौं-सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्धालाई सम्मान र परिचयपत्र उलब्ध गराउने भएको छ ।
सरकारले त्यसका लागि जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीद र बेपत्ता व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने निर्णय निर्णय गरेको छ ।
मन्त्रिषरिषद्को यही माघ ११ गतेको बैठकले उनीहरुलाई सम्मान र परिचयपत्र उपलब्ध गराउने सम्बन्धमा आगामी बैठकमा प्रस्ताव पेश गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सूचना सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
उक्त समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्वाहाङ्फे सदस्य रहेका छन् ।