काठमाडौं- प्रतिगमनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समिति बैठकमा अध्यक्षद्वयले उक्त निर्देशन दिएको हो ।
बैठकको निर्णण सुनाउँदै पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभयो ।’
रिजालका अनुसार वैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएकोको छ ।
अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभयो ।
बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।— Bishnu Rijal (@bishnurijal1) January 28, 2021
नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको छ । pic.twitter.com/U17cFd00zX
— Bishnu Rijal (@bishnurijal1) January 28, 2021