परासी- पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आमाले पनि विष सेवन गरेकी छन् ।
विष सेवनबाट उनका दुई छोरीहरु १२ वर्षीया नेहा र १० वर्षीया हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याइएका उनीहरुको त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो ।
भैरहवामा नै उपचारका क्रममा बिहीबार बिहान तीनै जनाको मृत्यु भएको हो । राति विष सेवन गरेका उनीहरु चिच्याएको सुनेपछि छिमेकीहरु उनीहरुको घरमा पुगेका थिए ।
मृतकका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।