भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षभन्दा तल किन खस्कियो ?-Sutra News

भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षभन्दा तल किन खस्कियो ?

बिहिबार, १५ माघ २०७७

बिहिबार, १५ माघ २०७७

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको भन्दा तल खस्किएको छ । भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार नेपाल ३३ अंक प्राप्त गरेर ११७ औं स्थान पुगेको हो ।



गत वर्ष नेपाल ११३ औं स्थानमा थियो । दक्षिण एशियामा भुटान सबैभन्दा माथि २४ औं स्थानमा र अफगानिस्तान १६५औं स्थानमा छ । कुल १८० देशमध्ये न्यूजिल्याण्ड र डेनमार्क ८८ अंकसहित शीर्ष स्थानमा छन् ।

दक्षिण एशियामा माल्दिभ्स ७५ औं स्थानमा, भारत ८६ औं स्थानमा, श्रीलंका ९४ औं स्थानमा, पाकिस्तान १२४ औं स्थानमा, बंगलादेश १४६ औं स्थानमा रहेका छन् ।

गत नोभेम्बरमा टीआईको बर्लिनस्थित मुख्यालयले एशियाका १७ देशहरूमा गरिएको एउटा अध्ययनमा आधारित भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार गत वर्ष भ्रष्टाचार झनै बढेको देखिएको छ ।

तर, नेपाल सरकारले ‘ग्लोबल करप्शन ब्यारोमिटर एशिया २०२०’ को निष्कर्षको खण्डन गरेको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा सूचीमा अग्रस्थानमा रहेका देशमा स्वास्थ्य सेवामा राम्रो लगानी रहेको, प्रजातान्त्रिक मान्यता र कानुनी शासनको उल्लंघन गर्ने सम्भावना कम रहने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट