मेरो बुवा नै अहिलेसम्म खुइँ–खुइँती हिँड्नुहुन्छ, मलाई कमजोर नठान्नुस् : प्रधानमन्त्री ओली-Sutra News

मेरो बुवा नै अहिलेसम्म खुइँ–खुइँती हिँड्नुहुन्छ, मलाई कमजोर नठान्नुस् : प्रधानमन्त्री ओली

बिहिबार, १५ माघ २०७७

बिहिबार, १५ माघ २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुवा अहिले पनि दुई–चार किलोमिटर खुइँखुइँती हिँड्ने बताउँदै आफूलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।



बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूलाई कमजोर नठान्ने आग्रह गरेका हुन् ।

उनले आफ्नो बुवा नै भर्खर–भर्खर बुढो हुन थालेकाले आफू अझै बुढो नभएको संकेत गरे । ‘पार्टी एकता गर्दा केपी ओली बिरामी छ, मरिहाल्छ, आफ्नै भागमा आउँछ’ भन्ठानेका थिए रे भन्ने सुन्छु,’ उनले भने । ‘मर्न त केपी ओली मर्छ । मेरो बुवा बल्ल बुढो हुन थाल्नुभयो, भने मेरो कुरै नगर्नुस् । मेरो बुवा नै भर्खर बुढो–बुढो हुनुहुन्छ । दुई–चार किलोमिटर अहिले नै खुइँखुइँती हिँड्नुहुन्छ । दुई चारपटक अपरेसन ग–यो, नयाँ दुइटा किड्नी लगायो, चारवटा किड्नी बोकेर हिँडेको छ भनेर आजको जमानामा कसैले कमजोर छ भन्ने ठानेको छ भने भ्रम हुन्छ ।’

उनले आफ्नो सम्बोधनमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको कटाक्ष गरे । उनीहरूलाई पिलो निचोरिएको संज्ञा दिँदै पार्टी महान् शुद्धीकरणमा प्रवेश गरेको दाबी ओलीले गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट