गुडन्युजः कोरोना संक्रमितको संख्या कम हुँदै-Sutra News

गुडन्युजः कोरोना संक्रमितको संख्या कम हुँदै

बिहिबार, १५ माघ २०७७

बिहिबार, १५ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म संक्रमित हुनेको कूल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।



पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट