काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका नेताहरू निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै फर्किएका छन् । नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न याे समूहले आयोगलाई आग्रह गरेको छ ।
दुवै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको र आयोगको छलफलमा अध्यक्षद्वयले नै भाग लिन चाहेकोले केही दिन पर सार्न आग्रह गरिएको पत्र बुझाएर नेताहरू फर्किएका छन् ।
उक्त पत्र बुझाउन नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।
आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बिहीबार
पत्र काटेर बाेलाएको थियो ।