जसपाद्वारा प्रतिगमनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा-Sutra News

जसपाद्वारा प्रतिगमनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

शुक्रबार, १६ माघ २०७७

शुक्रबार, १६ माघ २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले प्रतिगमनविरुद्ध माघ २९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ ।



आज बसेको पदाधिकारी बैठक साे निर्णय गरेको पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्वीटरबाट जानकारी गराएका छन् ।  उनले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने पनि उल्लेख गरेका छन् ।  

डा.भट्टराईका अनुसार माघ २३ जिल्ला, माघ २५ संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका, माघ २९ मा वडा तहमा समायोजन सँगसँगै पुत्लादहन र मसाल जुलुस लगायत कार्यक्रम आयोजना हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट