पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, १६ माघ २०७७

शुक्रबार, १६ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा तीन हजार २२१ जनाको पिसिआर परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ३३३ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



शुक्रबार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ८२ जना छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये १४७ जनाको आइसियू र २७ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिकाको टिटिहरिया स्वास्थ्य चौकीमा कार्यरत सिअनमिको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अग्रपंक्तिमा खटिएर काम गर्ने क्रममा ४७ वर्षीया सिअनमि रमा भारती कोरोना संक्रमित भएकी थिइन । भेरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट शुक्रबारसम्म नेपालमा २०२५ जनाको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट