पार्टीमा अराजकता निम्त्याउनेहरू गए, हामी अनुशासित छौं: प्रधानमन्त्री ओली-Sutra News

पार्टीमा अराजकता निम्त्याउनेहरू गए, हामी अनुशासित छौं: प्रधानमन्त्री ओली

शुक्रबार, १६ माघ २०७७

शुक्रबार, १६ माघ २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा अनुशासित पार्टी भएको बताएका छन् । शुक्रबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।



विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरू पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । पार्टी विजय यात्रामा अघि बढेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट