अभिमतविरुद्ध सर्वोच्चले फैसला गर्न सक्दैनः कृष्ण सिटौला-Sutra News

अभिमतविरुद्ध सर्वोच्चले फैसला गर्न सक्दैनः कृष्ण सिटौला

शुक्रबार, १६ माघ २०७७

शुक्रबार, १६ माघ २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध सर्वोच्चले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।



प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.६ काठमाडौंले शुक्रबार शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताए ।

उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए ।

प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद् भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट