कायरले मात्रै अदालमा विचाराधिन मुद्दामा बोल्दैनः गगन थापा-Sutra News

कायरले मात्रै अदालमा विचाराधिन मुद्दामा बोल्दैनः गगन थापा

शुक्रबार, १६ माघ २०७७

शुक्रबार, १६ माघ २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन् ।



प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.६ काठमाडौंले शुक्रबार शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दीन भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधिसभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए ।

नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट