पछिल्लो २४ घण्टामा थपिए १०९ जना कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए १०९ जना कोरोना संक्रमित

शनिबार, १७ माघ २०७७

शनिबार, १७ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३६१८ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३५० जना संक्रमित निको भएका छन् । निको हुने प्रतिशत ९८.२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ६४ जना छन् । हाल नेपालमा सक्रिय संक्रमित २७७९ जना मात्र रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये गम्भीर बिरामी भएका २५ जनाको भेन्टिलेरमा र १४४ जनाको आइसियूमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप दुईजनाको संक्रमणबाट निधन भएको छ । योसमेत हालसम्म नेपालमा संक्रमणबाट निधन हुनेको संख्या २०२७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट