काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ ।
शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले उपाधि कब्जा गरेको हो ।
विजेता आर्मीले १० लाख नगद पुरस्कार पाएको छ ।
२१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १० गुमाएर १७८ रनमात्र जोड्न सक्यो । अन्तिम चार विकेट चार रनको अन्तरमा गुमाएपछि एपिएफ ८.५ ओभर बाँकी भएर पनि पराजित हुन पुग्यो ।