प्रधानमन्त्रीलाई स्वागतसम्म नगरेका मुख्यमन्त्री भट्ट प्रचण्ड–माधव समूहको कार्यक्रममा अतिथि-Sutra News

प्रधानमन्त्रीलाई स्वागतसम्म नगरेका मुख्यमन्त्री भट्ट प्रचण्ड–माधव समूहको कार्यक्रममा अतिथि

शनिबार, १७ माघ २०७७

शनिबार, १७ माघ २०७७

काठमाडौं– नेकपा ओली समूहले पुस २४ गते धनगढीमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतसम्म नगरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–माधव समूहको कार्यक्रममा भने अतिथिसम्म बन्न पुगेका छन् ।



प्रधानमन्त्रीलाई गुटको नेताको संज्ञा दिएका भट्ट अर्को समूहको आजको कार्यक्रममा अतिथिको रुपमा आसन गरे । त्यतिमात्रै होइन पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि उनी धनगढी विमानस्थल नै पुगे ।

मुख्यमन्त्री भट्टले ओली प्रधानमन्त्रीको हैसियता नभएर गुटको नेताको हैसियतमा आएकाले स्वागतका लागि नगएको बताएका थिए । प्रधानमन्त्रीको स्वागतमा नगएका भट्ट आज भने नेकपाको प्रचण्ड समूहले आयोजना गरेको आमसभामा सहभागी भए ।

उनी प्रचण्ड र माधवकुमार नेपाललाई स्वागत गर्न विमानस्थलमै पुगे । यति मात्र नभएर उनी उक्त समूहले आयोजना गरेको आमसभाको ड्यासमा अतिथिको रूपमासमेत बसे ।

स्वागतका लागि प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह पनि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएपछि उनी आबद्ध नेकपा दुई ध्रुवमा विभाजित छ । मुख्यमन्त्री भट्ट प्रचण्ड खेमामा छन्। त्यसैले उनी प्रधानमन्त्रीलाई स्वागत गर्न गएनन् ।

मुख्यमन्त्री भट्टको उक्त कदमप्रति नेकपाको एक समूह रुष्ट बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट