काठमाडौं- वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसाला गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताए ।
संसद् विघटनविरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सम्पूर्ण नेपाली नागरिकहरू, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि बताए । संसारका कानूनविद्हरूले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने बताए ।
संविधानको सपथ खाएर न्यायाधीश बनेका न्यायाधीशहरू संवैधानिक इजलाशमा रहेकाले उनीहरूले आफूले खाएको सपथ विपरित हुनेगरी फैसला गर्नुहुन्छ भन्ने कल्पना समेत गर्न नसकिने भट्टराईको भनाइ छ ।