काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले माइतीघर मण्डलामा ४ दिनदेखिको धर्ना आइतबार पनि जारी राखेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू धर्नामा सहभागी भएका छन् ।
धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् । २८ गतेको काठमाडौंका बृहत् शक्ति प्रदर्शनअघि प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।
तस्बिर, विकाश अर्याल/सूत्रन्युज