कोरोना ग्राफः १०५ थपिए, २८८ निको, २ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः १०५ थपिए, २८८ निको, २ जनाको मृत्यु

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं- आइतबार नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका ६० जना, ललितपुरका ६ जना र भक्तपुरका २ जना छन् । नेपालमा सक्रिय संक्रमितको संख्या २५९४ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट