दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो-Sutra News

दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

नयाँ दिल्ली- दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ ।



विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ । यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो ।

सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चिसो समय मानिने विभागले जनाएको छ । तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चिसो हो ।

विभागअन्तर्गतक्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, ‘यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलो पटक आठ दिन तापक्रम चिसो रहेको पाइएको छ । जवकी १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चिसो रहेको थियो ।’

उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चिसो एक दिन मात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए । श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चिसो भएका हुन् ।

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चिसो रहेको थियो ।

यो अवधिमा अत्यधिक न्यूनतम चिसो भएको दिन २.१ डिग्री सेल्सियस मंगलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो ।

दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चिसो भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट