काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ घटनाको विश्वव्यापी विरोध जरुरी रहेको बताएका छन् ।
सूची पक्राउको घटना लगत्तै प्रवक्ता शर्माले सोमबार विहान ट्वीटरमा यस्तो बताएका हुन् ।
‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी । निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय’, प्रवक्ता शर्माले ट्वीटरमा उल्लेख गरेका छन् ।
प्रवक्ता शर्माले रोहिङ्या समुदायमाथि सुकी सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय भएको उल्लेख गर्दै शर्माले तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै भएको बताएका छन् ।
देश वा परदेशमा भए पनि कांग्रेस प्रतिगमनविरुद्ध रहेको शर्माले स्पष्ट पारेका छन् ।
#म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी l निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय !
यधपी रोहिङ्या समुदायमाथी सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियोl तर मानवीयताको बाटो फेरिपनी लोकतन्त्रनै हो lहामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 1, 2021